धनकुटा । कोरोना भाईरस (कोभिड–१९) को पुनः संक्रमण दिन प्रतिदिन बढ्न थाले पछि धनकुटा जिल्लामा पुनः शुक्रबार राति १२ बजेबाट लागु हुने गरी लकडाउन हुने भएको छ ।
चार दिन अघि धनकुटा जिल्लाबाट १ नम्बर प्रदेश सभामा प्रतिनिधित्व गर्नु हुने सांसद कुशुम कुमारी श्रेष्ठ र उनका श्रीमान नयन श्रेष्ठलाई कोरोना भाईरस को संक्रमण पुष्टी भएपछि जिल्लामा पुनः दोश्रो पटक लकडाउन गर्न लागीएको हो ।
प्रदेश सांसद र निजका श्रीमान नयन श्रेष्ठको सम्पर्कमा आएका व्यक्तिहरुलाई कन्ट्याक ट्रेसिङ्ग गर्न र अन्य जन समुदायहरुमा भाईरस नफैलिओस भनेर शुक्रवार राती १२ बजे देखि लकडाउन गर्नु परेको जिल्ला प्रसासन कार्यालय धनकुटाले जनाएको छ ।
शुक्रबार राती देखि धनकुटा नगरपालिकाको वडा नं १ देखि वडा नं २ साविक भिरगाउ गाविस बाहेक वडा नं ३,४,५,६ र ७ नम्वर वडाहरु, कोशी राजमार्गको त्रिशुले देखि पात्ले खोलासम्मका क्षेत्रहरु, हिले बजार, निगाले, कागते, धनकुटाका मुख्य बजार क्षेत्रहरु बसपार्क, हुलाक टोल, तल्लोकोप्चे, माथिल्लो कोप्चे, देब्रेबास, बिज बजार, सिरान बजार एरिया पर्ने छन ।
धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी केशब प्रसाद विमलीका अनुसार शुक्रवार रातीबाट सुरु हुने लकडाउन पुर्णत कडाईका साथ लागु गरिनेछ । उनले त्यस अवधीमा जनताका अत्यवश्यकीय बस्तुहरु बाहेक सम्पर्ण वजार बन्द रहने बताए ।
बिहिबार दिन भरीमा लकडाउनको स्वरुप, अवधी र लकडाउनको अवधिमा जनताहरुलाई अत्यवश्यकीय सेवाहरु कसरी प्रदान गरिने भन्ने बारे सार्वजानिक सुचना अपरान्ह ५ वजे अगावै गरिने बताइएको छ । यस अघि धनकुटामा गएको जेठ ३ गते जिल्ला अस्पतालमा एक स्वास्थ्यकर्मि महिलालाई कोरोना पोजेटिभ देखिए पछि जिल्ला अस्पाताल धनकुटा ५ दिनसम्म सील गरिएको थियो ।
यस पटक धनकुटा जिल्लाबाट १ नम्वर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद कुशुम कुमारी श्रेष्ठ र उनका श्रीमान नयन श्रेष्ठलाई कोरोना पोजेटिभ भए पछि हाल विराटनगर कोभिड अस्पतालमा उपाचार गराई रहेका छन् । उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई कोरोना परिक्षण गर्न तथा कोरोना समुदायमा नजावस भनि शुक्रवार राती १२ बजे देखि धनकुटामा पुनः दोस्रो पटक लकडाउन हुदैछ ।