ब्लाष्टखबर । धरान उपमहानगरपालिका भित्र हालसम्म ६२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जसमध्याे ३५ जना संक्रमितकाे ट्राभल हिष्ट्रि देखिकाे छ, भने बाँकी २७ जन संक्रमितहरू समुदायस्तरका रहकाे उपमहानगरका स्वास्थ माहाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । उनका अनुसार २ हजार २ सय २ जनामा गरीएकाे पिसिआर परिक्षणका ६२ जना संक्रमित देखिका हुन् ।

संक्रमित पुष्टि भएकाहरू मध्याे ४० जना निकाे भई घर फर्किसकेकाे  स्वास्थ माहाशाखा प्रमुख मेहताले बताएका छन् । हाल उपचाररत २२ जना संक्रमितहरू मध्याे ७ जना हाेम आईसाेलेसनमा रहेकाे बताएका मेहताले १५ जना धारान स्थित विपि प्रतिष्ठानकाे आईसाेलेसनमा रहेर उपचार भैरहेकाे जानकारी गराएका छन् ।

धरानमा संक्रमण फैलाउन हटस्पट बनेकाे प्रिति भल्व र क्रुन्ज फिटनेसबाट समुदायका २७ जनामा काेराेना संक्रमण फैलिएकाे बताएका मेहताले संक्रमित भएका केहि दुबैसंग जाेडिएकाले दुई मध्याे कुनबाट संक्रमणकाे सुरूवात भएकाे हाे भन्ने यकिन हुन नसकेकाे  बताएका छन् ।

उपमहानगरपालिका  ५ वटा वडाहरूमा काेराेनाकाे संक्रमण उच्च  देखिएकाे छ,  भने ३ वटा वडामा अहिलेसम्म संक्रमण नदेखिएकाे मेहताले बताएका छन् । उनले भने ' २०, १४ र १२ नम्बरवडामा संक्रमण देखिएकाे छैन ।  काेराेनाले प्रभाव पारेकाे वडाहरूमा ८, १५, १७, १९, ३ लगायतका वडा रहेका छन् । यी वडाहरूमा ५  देखी माथि काेराेन संक्रमित रहेका छन् ।  '

२ र ३ मा क्रमश : १ र ५ जना संक्रमित रहेकाे खुलेपनि संक्रमितहरूकाे संख्या बढ्दै गएकाले संक्रमितकाे व्यावस्थापन र कन्ट्याक ट्रेसिङ जस्ताे कामहरू तत्काल गर्नु पर्ने भएकाले सूक्ष्म अध्यान गर्न नपाएकाे मेहताले बताएका छन् । 

आज धरान उपमहानगरपालिका ९ कि एक निर्वाचित महिला सदस्यलाई पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । त्यस्तै, विपि स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गराउन आएकी उदयपुरकी एक महिलामा पनि संक्रमण देखिएकाे छ । ति महिला २१ गते देखी धरानमै बसेर प्रतिष्ठानमा उपचार गराईरहेकाे खुलेकाे छ ।