सिरहा । कोरोना भाइरसबाट सिरहामा उपचारको क्रममा एक मृत्यु भएको छ ।

सिरहा जिल्लाको गोगलबजार नगरपालिका वडा नं. १२ का २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको छ । किडनीका बिरामी उनको बिहिबार राति धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिपराज कणेलले जानकारी दिए ।

उनको शवलाई सिरहा ल्याउने र नेपाली सेना दाह संस्कार गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सिरहाका कणेलले जानकारी दिए । उनका अनुसार मृतक युवकको दुवै किड्नीमा समस्या थियो ।

उनको नियमित डाइलोसिस प्रदेशिक अस्पताल जनकपुरमा हुँदै थियो । चार दिनअघि डाइलोसिसका लागि जनकपुर पुगेका उनको पिसिआर परीक्षणका लागि स्वाब लिइर घर पठाएको थियो । घर फर्केपछि साउन २१ गत्ते दिउँसो उनको रिपोर्ट पोजेटिभ आएको थियो । सोही दिन उनलाई प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाइएको थिए ।