धरान / धरान- १५ स्थित संयम स्टोर नजिक डेरा गरी बस्ने उपमहानगरपालिकाका एक कर्मचारीको छोरामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० बर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । । उनको साउन २० गते स्वाब लिइएको थियो । उनीसँगै आमा र हजुरआमाको पनि स्वाब संकलन गरिएको भएपनि अहिले ती बालकको मात्र रिपोर्ट आए हो । उनका अुनसार २१ गते १३० जनाको स्वाब संकलन गरिएको थियो । हिजो ति मध्य हिजो एक जना तरकारी व्यापारीको कोरोना संक्रमणन पुष्टि भएको थियो ।

मेहताका अनुसार धरान उपमहानगरपालिकाकी महिला कर्मचारीको छोरा हुन् । उनको आमा र हजुर आमालाई पनि ज्वारो आएको थियो । आमा र हजुरआमाको भने रिपोर्ट आउन बाँकी रहेको छ । योसँगै धरानमा कोरोना संक्रमण हुनेको संख्या ४२ पुगेको छ । उनी कहिलेकाही उपमेयरको घरमासमेत काम सघाउन जाने गरेको बताइएको छ ।

धरान उपमहानगरको पहलमा हालफसम्म १५ सय व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । १५ सय परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको प्रमुख मेहताले जानकारी थिए ।