धरान  / प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको सामाजिक विकास मन्त्री नवल किशोर साहले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएपछि यादव आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् । यादव केही दिनअघि संघीय सरकारले काठमाडौंमा आयोजना गरेको प्रहरी समायोजन सम्बन्धि बैठकमा सहभागी भएर एकसाता अघि जनकपुर फर्किएको बताइएको छ ।

त्यसैगरी, प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजेटिभ पुष्टि भएको छ । सांसद यादवले आफुमा कोरोनाको कुनै लक्षण नदेखिएको तर, रिपोर्ट पोजेटिभ आएकोले घरमै आइसोलेसनमा बसेको बताएकीछन् ।