धरान / धरानमा एकै पटक १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । हिजो राती आएको रिर्पोटमा १२ जना र आज विहान एक जनाको रिर्पोट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार साउन १९ गते लिएको ९२ जनाको पिसिआर रिपोर्ट अनुसार ८० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै हिजो समुदायस्तरमा पिसिआर परीक्षण गर्ने क्रममा १३० जनाको परीक्षणमा १ जनाको पोजेटिभ रिर्पोट आएको मेहताले जानकारी दिए ।

करिब २ साता अघि भारतको विहार गएर आएका  २७ बर्षीय सब्जी व्यापारीमा संक्रमण पुष्टि भएकाे हाे । ती युवाले धरान २, भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्यापार गर्दै‌ अाएका थिए । स्वाब संकलन गर्नुअघिसम्म उनी तरकारी बिक्री गर्न जाने गरेको पाइएको बताइएकाे छ ।

संक्रमण पुष्टि भएका मध्ये ५ जना भारतीय सेना र एकजना भारतमा अध्ययनरत विद्यार्थी ६ जना आएर क्वारेन्टाइनमा बसेका हुन् । अन्य ६ जना स्थानीय भएको मेहताले जानकारी दिए ।

समुदायका संक्रमितमध्ये धरान ३ का एकै परिवारका ५ जनामा संक्रमण पुष्टि भएको छ । ती परिवार केही दिन अघि विराटनगर गएर अाएकाे बताइएकाे छ । यो परिवारमा ८५ बर्षका वृद्धदेखि ७ बर्षका बालकमा पनि पोजेटिभ रिपोर्ट आएको छ ।

उनीहरुमा ८५ बर्षका पुरुष, ८० बर्षका महिला, ४० बर्षका पुरुष, ३६ बर्षकी महिला र ७ बर्षका बालक पनि छन् ।

धरान उपमहानगरपालिकाले वडागत रुपमा परीक्षणलाई तिव्र बनाएको प्रमुख मेहताले जनाए । कोरोना समुदाय स्तरमा पुगेकाले लकडाउनलाई पालना गरेर सबै घरमाा बस्न उपमहानगरपालिकाले अनुरोध गरेको छ ।