पथरी/ मोरङको पथरीशनिश्चरे–४, नम्बर वडाको बिकासमा साढे तीन करोड लगानि भएको बार्षिक प्रगति प्रतिबेदन सार्वजानिक गरेको छ ।

भखरै सम्पन्न आर्थिक बर्षमा वडापालिका, नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारबाट ३ करोड ३६ लाख रुपैया वडामा विभिन्न शीर्षकमा खर्च भएको प्रतिवेदन सार्वजानिक गरेको हो । वडाध्यक्ष गोबिन्द बहादुर भण्डारीले आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न स्थानबाट वडामा परेको बजेट र खर्च विवरण प्रस्तुत गरेका थिए ।

जसमा वडा सिलिङबाट एक करोड, नगरपालिकाबाट ५२ लाख ५० हजार, १ नम्बर प्रदेशबाट एक करोड ७४ लाख, संघिय सरकार र सांसद बिकास कोषबाट ६३ लाख बजेट परेर शीर्षक अनुसार खर्च भएको प्रस्तुत प्रगति विवरणमा उल्लेख छ ।

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, खेलकुद, लक्षित कार्यक्रमको छुट्टाछुट्टै खर्च प्रस्तुत गरेका छन । कोरोणा भाइरसको कारण भएको लकडाउन प्रभावित ६२७ र बैशाखमा आएको हावा हुण्डरी पीडित १६ परिवारलाई राहत बितरण भएको अध्यक्ष भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमा बताए ।

फुसको छानो हटाउने अभियान स्वरुप नौ र हुण्डरी पीडितलाई छानो लगाउन टीन उपलब्ध गराएको छ । प्रगती प्रतिबेदनमा आर्थिक बर्ष २०७७/०७८ को लागि ७५ लाखको वडा सिलिङ बजेटको अनुमानित खर्च विवरण समेत उल्लेख छ ।

वडामा १९ सय ७६ परिवारमा १० जहार २४५ जनसंख्यामा ६० प्रतिशत सुकुम्बासी रहेको र सबै खाले सुकुम्बासीको लागि धनिपुर्जा दिलाउन प्रयास भइरहेको अध्यक्ष भण्डारीले बताए । बार्षिक प्रगति विवरण प्रस्तुत कार्यक्रममा खड्ग सुस्लिङ मगर, तुलशा दर्जी, अमरबहादुर बराइली, दिलु मगर, वडा सचिव ललिता लावती सहभागी रहेका थिए ।