ब्लाष्टखबर । धरान का एक युवा उदयपुरको बेलका नगरपालिकामा मृत्त फेला परेका छन् । गत साेमबार तरकारी खेती गर्न बेलका नगरपालिका-३ सिसौली टप्पु गएका धरान उपमहानगरपालिका-५ का ३५ बर्षीय कर्ण बहादुर राई फर्कने क्रममा मंगलबार साेहि वडाकाे भोटेपुल नजिक कल्भडमा आएको बाढीले बगाएर बेपत्ता भएकाे १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ  । 

मंगलबार राती करिब ८ बजे प्रदेश १-०२-००२ च ४००५ नम्बरको गाडीमा फर्कदै गर्दा कल्भटमा बाढि आएकाे देखेपछि गाडीबाट ओर्लेर बाटो नियाल्ने क्रममा उनलाइ बाढिले बगाएकाे कार्यालयले जनाएकाे छ ।  बाढि बगाएकाे खबर पाएलगात्तै घटना स्थल पुगेकाे ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज बिहान बगाएको स्थान भन्दा करिब ५०० मिटर दक्षिण मृत अवस्थामा फेला परेकाे उक्त कार्यालयले जनाएको छ ।