पथरी/आर्थिक बर्ष सकिएको दुई हप्ता पछि मोरङको कानेपोखरी गाउँपालिकाले सामूहिक अनुगमन गरेका छन् ।

गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको नेतृत्वमा एकैदिनमा ७ वटै वडामा भएको योजनाको अनुगमन गरेको हो । अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम घिमिरे, इन्जिनियर रञ्जन निरौला, वडाध्यक्षहरु खड्ग बस्नेत, सुशिल बुढाथोकी, मोहन प्रसाद अधिकारी र धनबहादुर राई, कार्यपालिका सदस्यहरु, नेकपाबाट भोला अधिकारी, नेपाली कांग्रेसबाट सन्तोष फुयल लगाएतका टोली सहभागि थिए । संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटबाट सम्पन्न भएको र सम्पन्न हुन बाँकी योजनाहरु अनुगमन गरिएको थियो ।

कालोपत्रे सडकः तीनै तहको सरकारबाट विनियोजित रकमले रमाइलो–विहिबारे सडक, जहदा–भौसाबारी सडक, कालिस्थान–बोहोरा टोल सडक, रमाइलो–प्रणमी डाँडा सडक, आर्दशटोल–मिलचोक उत्तर सडक, शुक्रबारे उत्तर–महेन्द्र राजमार्ग सडक, डिपु–अम्बर मार्ग सडक, विहिबारे–शुक्रबारे सडक, विहिबारे–हरकपुर सडक, जयनेपाल–दोहमना सडक, दलेली–धोबिटोल सडक गरी जम्मा ९ वटा कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ भने केही सम्पन्न हुन बाँकी छ ।

सडक स्तरउन्नती : मुसहर टोल–मिलनचौक सडक, देउराली डाँडा देखि गुरुङटोल जानेबाटो, हात्तिडुवा पुर्वगैरीगाउँ सडक, हात्तिडुवा–त्रिवेणी चोकजोडने सडक, घलेटोल चालिसविघे हुर्दै केरौन सामुदायिक वन उत्तरको मुलबाटो, धिमालग्राम थान हुँर्दै वडा नं. २को सडक, बालमावि पुर्व राधाकोइरालाको घर जाने सडक, राजगन देखि दलेली जाने सडक, हरकपुर थामशेरराई टोल हुदै चप्रामारी सडक, दुर्योधन जोगीको घर देखि शिवाकोटीको घरहुर्दै हरि कोइरालाको घरउत्तरबाट घले टोल जोड्ने सडक स्तरउन्नती सम्पन्न भईसकेको छ । 

सांस्कृतीक सामुदायिक भवन : संघिय सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाललको पहलमा पालिकाको तीन जातिलाई सांस्कृतीक भवन निर्माणको लागी वजेट विनियोजित भएको थियो । जस अनुसार वडा नं ४ स्थित माझी सांस्कृतीक भवन निर्माण भईरहेको छ । जग्गादाता नभेटिएपछि गाउँपालिकाले वडाकार्यालयको हाता भित्र सो भवनको निर्माण गरेको छ ।
त्यसैगरी वडा नं. १ मा पनि संन्थाल सांस्कृतीक भवनको लागि जग्गा उपलब्ध नभएपछि गाउँपालिकाले स्वास्थ्य चौकीको हाता भित्र सो भवनको निर्माण गरेको छ । सो भवन पनि निर्माण कार्य भई रहेको छ । त्यसैगरी वडा नं. ५ मा पनि धिमाल जातीय सांस्कृतीक भवन निर्माण कार्य सम्पन्न भएको छ । धिमालहरुको बाक्लो बस्ती भएको ठुलो गाउँको ग्रामथान भित्र नै सो भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

वडाकार्यालय भवन निर्माण : कानेपोखरी गाउँपालिकाले ७ वटा वडा मध्ये ३ वटा वडामा वडाकार्यालय निर्माण कार्य गरिरहेको छ । वडा नं. ३, ४ र ६ मा भवन निर्माण भैरहेको छ । अन्य वडा नं. १मा भने गाविस भवनलाई प्रयोगमा ल्याएको छ । त्यसैगरी वडा नं. २ को पनि पुरानो गाविस भवनलाई नै प्रयोगमा ल्याईएको छ । त्यसैगरी वडा नं. ७ र ५ मा भने बन्न बाँकी रहेको छ ।

त्यसैगरी एउटा झोलुङगे पुल निर्माण सम्पन्न हुन बाँकी र राजगन, शान्ति चोकमा कल्भर्ट निर्माण सम्पन्न भएको छ । त्यसैगरी आधारभूत स्वास्थ्य केन्द्र निर्माण वडा नं. २,३, ६ र ७, थपरसिंह महाराजथान भवन निर्माण सम्पन्न भएको छ । यसमा बाँकी वडाबाट विनियोजित बजेटहरुको योजना यहाँ समावेश गरिएको छैन ।

anugamannnn anugaman