उदयपुर / उदयपुरमा जब्वरजस्ती करणी मुद्दामा फरार रहेको एक जना पक्रउ परेको छ । रौतामाई गाउँपालिका–६ निबासी अर्जुन बस्नेत पक्राउ परेका हुन ।

२०७६ साउन ९ गते एक महिलालाई जब्वरजस्ती करणी गरी फरार रहेको बस्नेतलाई शनिबार लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले बेलका नगरपालिका–३ रातापानीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका प्रतिवादीलाई आइतबार जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।