भद्रपुर । रोटरी क्लव अफ भद्रपुरको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लवको वर्ष २०२०।०२१ को पहिलो बैठकमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको हो ।
झापा उद्योेग सङ्घको भवनमा आयोजित कार्यक्रममा वर्ष २०१९/२० का अध्यक्ष टिकाराज ढकालले वर्ष २०२०/२१ का अध्यक्ष आदित्य पराजुलीलाइ पदहस्तान्तरण गरेका थिए । आफनो कार्यकालमा भएको गतिविधिका वारेमा ढकालले जानकारी गराएका थिए भने आउँदो योजनाको वारेमा पराजुलीले प्रष्ट पारेका थिए ।
समितिमा टिकाराज ढकाल इमिडेट पास्ट प्रेसिडेन्ट, विगत ओझा प्रेसिडेन्ट इलेक्ट, सन्तोष पोखरेल प्रेसिडेन्ट नोमिनि, इश्वर अधिकारी सेक्रेटरी, पवन श्रेष्ठ कोषाध्यक्ष रहेका छन् । डाइरेक्टर क्लव एडमिनिष्ट्रेशनमा लोकबन्धु ढुङ्गाना, डाइरेक्टर मेम्बरसीपमा राजकुमार पोखरेल, पब्लिक रिलेशन डाइरेक्टरमा प्रदीप सरावगीको भूमिका रहनेछ ।
यसैगरी, रोटरी फाउण्डेशन चेयरमा विनोद चापागाईं, सर्भिस प्रोजेक्ट चेयरमा किशोर पराजुली र सरजेन्ट एण्ड आम्सको भूमिकामा दिपेश ढकाल रहने बताइएको छ । चार्टर प्रसिडेन्ट किसोर पराजुलीले सपथ गराएको कार्यक्रमको सञ्चालन सचिव विनोद चापागाइले गरेका थिए ।