काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न नेपाल सफल हुने बताएका छन् ।
नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ राजनीतिक नक्सा तयार गरेसँगै यसले नेपालको मानचित्रमा परिवर्तन आएको उल्लेख गरे ।

“हामी सत्य र न्यायको पक्षमा छौँ । हामी भारतसँग कुरा गरेर हाम्रो कूटनीतिक वार्ताका माध्यमबाट भूमि फिर्ता गराउनेछौँ ।”–प्रम ओलीले भने ।
मन्त्रिपरिषद्को बैठकले पास गरेको नेपालको नयाँ नक्सालाई सरकारी छाप, निशान र पाठ्यक्रम आदिमा परिवर्तन हुने पनि उनले स्पष्ट गरे ।

प्रधानमन्त्री केपी केपी शर्मा ओलीले चिनियाँ राजदूतले आफ्नो सरकार बचाएको भनेर ‘निम्छरा’ बयान दिएको प्रति पनि कटाक्ष गदैं भने– ‘हामी कहिले कहिले सुन्ने गर्छौं, जानैजानै लागेको थियो फलानो देशको राजदूतले भूमिका खेलेर फेरि आयो । अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा बचन कुनै पनि देशले नबोलिए राम्रो हुन्छ । यो सरकार नेपाली जनताले बनाएको हो, कुनै देशको आशिर्वादबाट बनेको, टिक्ने, ढल्ने, ढालिने कल्पना नगरे हुन्छ ।’
न चेतावनी दिएका छन् ।

अध्यादेश प्रकरणसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुबै पद त्याग्नुपर्ने माग चर्किएको थियो । तर ओली पार्टी सचिवालयमा आफ्नो पक्षमा बहुमत पु¥याउन सफल भएका छन् र, तत्कालका लागि त्यो खतरा टरेको थियो ।

नेपालका लागि चिनियाँ राजदूतले नेकपा नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । त्यही कारण कतिपय भारतीय विश्लेषकहरुले ओली सरकार चीनले जोगाइदिएको भनेर प्रचार गरिएको थियो ।

ओलीले आफ्नो राजीनामा माग्ने डा। बाबुराम भट्टराईलाई पनि जवाफ दिएका छन् । बेलायतमा नेभिल च्याम्बरलिनलाई हटाएर चर्चिल प्रधानमन्त्री हुनु अगाडि बेलायती संसदमा इनफ, इनफको नारा लागेको सम्झिँदै उनले भने, ‘शायद अहिलेको सरकारलाई छोडिदिनुपर्छ भन्ने मित्रलाई लागेको हो । नेपाली जनताले गएको चुनावमा इनफ, इनफ एण्ड मोर देन इनफ भनेर त यो सरकार बनाएको हो । त्यसकारण कुनै भ्रम नरहोस्, भनेका छन् ।

उनले नेपालमा कुनै तानाशाहको उदय हुन सक्दैन । कुनै तानाशाह फर्किएर आउने कल्पना नगर्नसमेत चेतावनी दिए । ‘नेपालमा अधिनायकवादको सम्भावना छैन ।’– उनले भने ।