संखुवासभा । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–५ कार्यवाहक वडाध्यक्ष श्याम निरौलामाथि खकुरी प्रहार गर्ने सुरेश तामाङ पक्राउ परेका छन् ।

स्थानीय युवा सुरेशले बाटो हिँडिरहेको अवस्थामा पछाडिबाट खुकुरी प्रहार गरेका थिए । नेपाल पत्रकार महासंघ संखुवासभाका पूर्वअध्यक्ष समेत रहेका निरौलाको खाँदबारीमा उपचार भइरहेको छ । उनको टाउँकोमा चोट लागेको छ ।

घटना हिजाे साँझ सवा ७ बजे भएको थियो ।  के कारणले उनीमाथि आक्रमण भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।