खाँदबारी  / स‌खुवासभाको खाँदबारी नगरपािलका ५  का कार्यवहाक वडाध्यक्ष श्याम निरौलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट उनी सख्त घाइते भएका छन् ।
उपचारका लागि भरखरै जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।

स्थानिय युवा सुरेश तामाङले बाटो हिँडिरहेको अवस्थामा पछाडीबाट खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयखाँदबारीलेजनाएको छ । सामान्य विवादमा उनीमाथि खुकुरी प्रहार भएको हो । उनी पत्रकार महासंघका पूर्वअध्यक्ष पनि हुन । घटना साँझ सवा ७ बजे भएकाे थियाे । उनकाे टाउकाेमा चाेट लागेकाे छ ।