काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार लागि परेको बताएकीछन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कसैको पनि ज्यान जाने अवस्था आउन नदिने बताएकी हुन् ।

उनले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको पनि बताइन् ।

सरकारले कोरोना संक्रमणको परीक्षणका दायरा बढाएर औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने सरकारले तयारी गरेको उनले बताइन ।

सरकारले आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई नरोने तयारी गरेको राष्ट्रपति भण्डारीले जानकारी गराइन ।

संघीय संसद भवन नयाँ बानेश्वरमा संसदको दुबै सदनको सयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन । सरकारले बजेट ल्याउनुअघि आफ्नो एक वर्षे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने प्रावधान अनुसार आज उनले कार्यक्रम प्रस्तुत गरेकी हुन ।

सोहि नीति तथा कार्यक्रमका आधारमा अर्थमन्त्रीले वार्षिक बजेट पेश गर्नेछन् । जेठ १५ गते सरकारको वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

बैठकमा भाग लिन मन्त्रिगण, दुवै सदनका सदस्य, विशिष्ट पदाधिकारीलगायत उपस्थित छन् । नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।