भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीस्थित नन्कु टोलमा आइतबार  दिउँसो भएको आगलागी पीडित परिवारलाई कोशी गाउँपालीकाले राहत वितरण गरेको छ ।
हिजो आइतबार दिउँसो  स्थानीय कादिर मियाको भान्सा घरबाट आगलागी हुँदा करिब दुईलाख बराबरको क्षति भएको थियो । आगलागीबाट दुइटा फुसको घर र एउटा टिनको छानो भएको बस्ने घर, उक्त घरभित्र राखेको नगद १० हजार, १० मन धान, १५ मन चामल,२० मन गहुँ ,२२ तोला चादीको गहना,५ वटा विभिन्न कम्पनीको मोबाइल सेट,दुइटा ब्राख,भाडावर्तन,साइकल लगायत जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।
आगलागी पीडित परिवारलाई कोशी गाउँपालीकाको तर्फबाट अध्यक्ष ऐयुब अन्सारीले दुई बोरा चामल,भूजा,खाने तेल,नुन राहत स्वरुप वितरण गरेको बताइएको छ ।
                             
                     
         
                                        
                                                                                                 
        






























