इनरुवा  / नेकपा प्रदेश नं १ का इञ्चार्ज तथा प्रदेश सभा सदस्य भीम आचार्यले किराँत समुदायको साँस्कृतिक चाड उभौली तथा बुद्ध जयन्तीको अवसरमा शुभकामना दिएका छन् । उनले सधै उल्लासमय रुपमा मनाउने चाड यो बर्ष घरमै बसेर पारिवारको विचमा सामाजिक दुरी कायम गरि मनाउनसमेत आग्रह गरेका छन् ।

किरात समुदायले मनाउदैं आएको उभौली चाडले धार्मिक, सांस्कृतिक जातीय र सामाजिक सद्भावसँगसँगै राष्ट्रिय एकता र पहिचान झल्काउने गरेको उल्लेख गदैं उनले चाडको अवसरमा सबैलाईै शुभकामना दिएका छन् ।

उनले शान्तिदुत गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको स्मरण गराउदैं बुद्धबाट व्यक्त सत्य वचनले हामीहरुलाई सत्कर्म गर्न सिकाएको बताएका छन् ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका आचार्यले कोभिड १९ का कारण यस बर्ष उत्सवको रुपमा मनाउन नसकिएको बताउदैं कोभिड—१९ लाई पराजित गर्न यि चाडपर्वले सबैलाई उत्साह जगाउने बताएका छन् ।