धरान  / मौलिक संस्कार सँस्कृती सम्पन्न प्रकृतीपुजक किराँत समुदायद्धारा कृषि युग प्रारम्भ भएसँगै प्रचलनमा आएको विश्वास गर्दै मनाईने महान पर्व साकेला उभौली आज परेको छ । अघिल्ला बर्षहरुमा यो उत्सव निकै हर्षोउल्लास रुमा मनाइन्थ्यो तर यो बर्ष कोरोना संक्रमणको त्रासले उत्सवहरु भएनन । यो बर्ष भने घरमै पारिवारिक वातावरणमा उत्सव मनाइएको छ ।

उभौलीको अवसरमा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिकोे शुभकामना व्यक्त गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले समृद्ध हाम्रो मुलुक विविधताभित्र एकता, सामाजिक सद्भाव र सहिष्णुताको अनुपम उदाहरण भएको बताउदैं हाम्रो परम्परा, रीतिथिति, संस्कृति, संस्कार तथा सामाजिक सहिष्णुता र सद्भावको निरन्तरताले मुलुक सम्वृद्ध बनेको बताए ।

मौलिक भाषा, संस्कार र संस्कृतिले सम्पन्न प्रकृतिपूजक किरात समुदायले खेती गर्न भूमि प्रदान गर्ने प्रकृति र खेती गर्न सिकाउने किराँती पूर्वजहरुको सम्मानस्वरुप विशेष भूमिपूजा गर्दै मनाउने साकेला उभौली पर्वको अवसरमा नेपालीहरुवीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्दै मुलुकको विकास तथा समृद्धिको साझा लक्ष्य प्राप्तिका लागि दृढ अठोटका साथ अग्रसर हुन उनल ेआग्रह गरेका छन् । कोरोना संक्रमणको भयावह स्थीतिबाट विश्व आक्रान्त बनिरहेको अवस्थामा हाम्रो सानो असावधानीले परिस्थीति जटिल बन्न सक्ने कुरालाई दुष्टिगत गर्दै सुरक्षाका संभव उपायहरु अपनाउदै यसको जोखिमबाट बच्नसमेत उनले अपिल गरेका छन् ।
यसै गरि सुनसरी क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य जयकुमार राईले पनि उभौलीको शुभकामना व्यक्त गरेका छन् । उनले सबै किराँत समुदाय घरमै बसेर पारिवारीक रुपमा उत्सव मनाउन आग्रहसमेत गरेका छन् ।