ब्लाष्टखबर । बिहीबार सकिने लकडाउनबारे थप गर्ने वा नगर्ने भन्ने बारेमा आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दै छ ।
कोरोना भाइरसको संक्रमण रोकथामकालागि भइरहेको लकडाउनको पछिल्लाे समयावधि २५ गते बिहीबार सकिन लागेको छ । लकडाउनको समयावधि सकिनलाग्दा मंगलबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएको थियो । मन्त्रिपरिषदको बैठकले पनि लकडाउनलाई निरन्तरता दिने संकेत गरेको छ । समितिको सुझावअनुसार कती समयसम्म लकडाउन गर्ने भन्ने बैठकमा छलफल गरेर निर्णय हुने एक मन्त्रीले बताए ।
सरकारले नेपालमा दुई जना कोरोना संक्रमित फेला परेपछि गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनको समयअवधि यही वैशाख २५ सकिदै छ । लकडाेन जारी रहिरहदा कोरोना संक्रमित संख्या ८२ जना पुगिसकेकाे छ ।