धरान /  एकताका पत्रकारको नाकको डाँडी भाँचिदिन्छु भन्ने अभिव्यक्ति र भ्रष्टचार विरोधी अभियान चलाएर चर्चामा आएका इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरी अहिले पनि चर्चामा छन् । अहिले भने पत्रकारहरुलाई धम्की दिएर होइन । लकडाउनको बेला खेतबारीमा कृषी कर्म गरेर चर्चामा आएका हुन ।

चैत ११ गतेदेखि मुलुक लकडाउनमा छ । उनी भने खेतवारीमा व्यस्थ भएको पाइएको छ । त्यसको प्रमाण स्वरुप उनले विभिन्न समयमा खेतमा काम गदैं गरेरको तस्विर फेसबुकमा पोष्टसमेत गरेका छन् ।

त्यसो त उपमहानगरले कोरोना नियन्त्रणका लागि गदैं आएको हरेक कार्यक्रमको अगुवाई पनि उनैले गदैं आएका छन् । दिनभरी जनताको सेवा गरेर साँझ विहान भने कृषी कर्ममा लागेका छन् । ‘कृषी मेरो पुखौली पेसा हो । विहान बेलुका खेतवारीमा काम गर्छु । दिउसो जनताको सेवा गर्छु ।’–मेयर चौधरीले भने ।–‘दोश्रो चरणको राहत धमाधम वितरण गरिरहेका छौं । २० जनाको स्वाब परीक्षण ग¥यौं । ७८ जनालाई उपमहानगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखेका छौं । कोरोना नियन्त्रणका लागि पनि लागि रहेको छु । कृषी त मेरो पुखौली पेसा हो । खेतवारीमा खुट्टा नटेकि चित्त बुझ्दैंन ।’

मेयर चौधरी आफै जोतेर भरखर ५ कठ्ठा खेतमा मकै रोपेका छन् । उनलाई श्रीमती र छोराले पनि साथ दिएका छन् । नभ्याए जन पनि लगाउछन् । गरिव किसानको छोरो भन्न रुचाउने मेयर साचिकै किसानी काममा पनि उतिकै अब्वल छन् । राजनीतीमा जति उनले उचाई थपेका छन् । त्यसको प्रवाह नगरि काम सानो ठूलो नहुने बताउछन् । ‘एक कठ्ठामा भिण्डी लगाएको छु । एक कठ्ठामा लटे साँग रोपेको छु । एक कठ्ठामा फर्सी लगाएको छु । अन्य तरकारी पनि बारी मै फलाउछु ।’–मेयर चौधरीले भने,–‘अव जेठमा धानको विउ राख्ने बेला हुन्छ । आफ्नो काम म आफै गर्छु ।’

मेयर चौधरी नेकपाका प्रदेश कमिटी सदस्य छन् । मेयरमा निर्वाचित हुन अगाडी सुनसरी जिल्ला अध्यक्ष थिए । बजारमा उनको घर भए पनि उनी गाउँमा नै बस्दैं आएका छन् । आफ्नो काम आफै गर्ने संस्कार बसाउने यो आफ्नो अभियान भएकोबताउछन् । मुलुकको विकास कृषीबाट मात्र सम्भव भएकाले सबैले कृषी कर्म गर्न उनले सुझाएका छन् । कृषी व्यवसायलाई लकडाउनले पनि कुनै असर नगर्ने उनको भनाई छ ।
dwariklal