धरान  / अन्जुमन इस्लामिया धरानले रमजानको अवसरमा धरानका २४० परिवारलाई खाद्यान्न तरकारी उपलब्द गराएको छ ।
उनीहरुलाई प्रतिपरिवार १० केजीका दरले २ हजार ४ सय केजी चालम वितरण गरिएको छ । यसतै एक केजी दाल, तेल, नुन, प्याज, आलुलगायत १३ प्रकारका खानेकुरा प्रदान गरिएको अन्जुमन इस्लामिया धरानका सचिव अफाक अहमदले जानकारी दिए ।
एक महिना रोजा वर्त चलिरहेको बेला आफ्ना समुदायहरु लकडाउनले समस्यामा परेकाले केही सहयोग उपलब्द गराइएको इस्लामियाका अध्यक्ष शेख युटुप अलिले जानकारी दिए । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको हातबाट उनीहरुलाई राहत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष अाशाराम श्रेष्ठ, न्यायीक समिति सदस्य  विकास बनेपालीलगायतकाे उपस्थिति रहेकाे थियाे ।