मधुमल्ला /  मोरङको मिक्mलाजुङ गाउँपालिका वडा नं. ९ बजार क्षेत्रमा आइतबारबाट निशुल्क खान खुवाउन थालिएको छ । मिक्लाजुङमा रहेको साझा हस्पिटल प्रालि मधुमल्लाका संचालक छत्र डाँगीको एकल पहलमा आइतबारबाट निःशुल्क खाना खुवाउन थालिएको संचालक छत्र डाँगीले बताए ।

विश्वभर कोरोना भाइरसको संक्रमण रहेकाले यो लकडाउनको समयमा कोही पनि नागरिक खाना खान नपाएर भोकै बस्नु नपरोस भन्ने उद्देश्यले निःशुल्क भोजनको व्यवस्था गरेको साझा हस्पिटल प्रालिका संचालक डाँगीले बताए । आइतबार विहानको समयमा ७० जना बढीले खाना खाएको डाँगीले बताए । लकडाउनको समय अवधीभर आफुले निःशुल्क खान खुवाउने कार्यलाई निरन्तरता दिने डाँगीले बताए ।

निःशुल्क खाना खुवाउने कार्यको थालनी भएुसँगै बिभिन्न क्षेत्रबाट सहयोगी दाताहरुले खाना खुवाउन कार्यक्रममा सहयोग गर्न सम्पर्क गरेको र यसले आफुलाई थप हौसाला मिलको उनले बताए ।