ब्लाष्टखबर । सामूहिक बलात्कार गरेको आरोपी ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिकाका २१ वर्षीय कुमार राई, १९ वर्षीय सन्देश लिम्बू, र १६ वर्षका अन्य दुईजना रहेका छन् । उनिहरूले गत फागुन १५ गते एक १६ वर्षीया युवतीलाई बुढीगंगा गाउँपालिका ७ बडहरा नजिकै सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय माेरङ्ले जनाएको छ । 

माेरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार, पडित युवतीले दिएकाे उजुरीपछि खाेजतलास गर्नेक्रममा उनिहरूलाई ढीगंगा गाउँपालिका वडा ६ बाट पक्राउ गरीकाे हाे । पक्राउ परेकाहरूमाथी सोधपुछ लगायत अनुसन्धान भइरहेकाे डीएसपी राईले बताए ।