धरान । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८१ पुगिसकेको छ । संक्रमित हुनेको संख्या २१ हजार नाघिसकेको छ ।

कोरोना भाइरसका कारण २१ हजार ३५० जना संक्रमित भएका छन् । त्यसमध्ये ४ हजार ३५२ जना उपचार पछि निको भएर घर फिरेका छन् । हाल उपचारमा १६ हजार ३१७ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४८६ जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ४९ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी महाराष्ट्र र गुजरातमा संक्रमित र मृत्युदर छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ४३१ नयाँ संक्रमित फेला परेका छन् । १८ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा मात्रै ५ हजार ६४९ जना संक्रमित छन् । जसमध्ये २६९ को मृत्यु भइसकेको छ ।