धरान / काम विशेषले एका तथा काठमाडौंमै बस्दैं आएका तर लकडाउने अलपत्र परेका धरानवासीलाई घर फर्काउन उपमहानगरले पहल थालेको छ ।  आज प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सुनसरी क्षेत्र नं. १ मा माननीयहरु, सुरक्षा समितिका प्रतिनीधिहरु र धरान उपमहानगरपालिकाको संयुक्त  बैठकले यस्तो निर्णय गरेको हो ।

लकडाउनले काठमाडौंमा अलपत्र परेका व्यक्तिहरुलाई ल्याउनको लागि आवश्यक समन्वय गर्न वडा नं १७ का अध्यक्ष सुर्यप्रसाद भट्टराई(मनोज)को संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको छ । समितिमा मेयर तिलक राईका स्वकिय सचिव राजुमान श्रेष्ठ र उपमहानगरपालिकाका अधिकृत किरण भुजेल सदस्य रहेको समिति बनेको छ । धरान सरोकार समाज काठमाण्डौंसँग आवश्यक समन्वय गरेर मानिसहरुलाई धरान ल्याइने बताइएको छ ।

उनीहरुलाई ल्याउन सुनसरी र काठमाण्डौंका सिडिओबीच समन्वय गराएर घर आउने वातावरण तयार गरिने निर्णय भएको छ । गाडी भाडामा लिएर ल्याउन लागिएको संयोजक भट्टराईले बताए । उनीहरुधरान आए पछि १४ दिन अनिर्वाय क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । त्यसका लागि धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरलाई पनि क्वारेन्टाइन बनाउन आवश्यक पूर्वाधार तयार गर्ने निर्णय भएको भट्टराईले जानकारी दिए । ‘धरान सरोकार सामाजलाई अप्ड्यारो परेर धरान फर्कन चाहनेहरुको नाम संकलनका लागि जिम्मा दिएको छ । कतिपयले हामीलाई नै फोन गरेर सम्पर्कमा आउनु् भएको छ ।’–सबैका नाम संकलन गरेर एक मुष्ट ल्याउने छौं ।’–अध्यक्ष भट्टराईले भने ।