धरान /  विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट युरोपेली मुलुकहरु र अमेरिकामा सबैभन्दा बढी प्रभाव परेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बुधबारबार मध्यान्हसम्ममा अमेरिकामा ४५ हजार ३४३ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख ७ हजार ९२० जना पुगेको छ । यो समेत विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६८८ पुगेको छ । कूल संक्रमितको व्यक्तिको संख्या २५ लाख ५७ हजारभन्दा माथि पुगेको छ ।

विश्व स्वास्थ्य संगठन समेतका संस्था एवं विज्ञहरुले महामारी नियन्त्रणका लागि लकडाउन नै उपयुक्त विधि रहेको निश्कर्षमा पुगे पनि अमेरिका र युरोपका मुलुकहरु लकडाउनमा छन् । तर लकडाउनमा मानिसको अधिकारहरण भएको भन्दैं मा मानिसहरु लकडाउन खोल्नु माग गदैं आएका छन्र्नेर ।

इटालीमा ह्ँल्समम् २४ हजार ६४८ जना, स्पेनमा २१ हजार २८२ जना, फ्रान्समा २० हजार ७९६, बेलायतमा १७ हजार ३३७ जना, बेल्जियममा ५ हजार ९९८ जना, जर्मनीमा ५ हजार ८६ जना, नेदरल्यान्ड्समा ३ हजार ९१६ जना, स्वीडेनमा १ हजार ७६५ जना, स्वीट्जरल्यान्डमा १ हजार ४७८ जनाको मृत्यु भएको छ । विश्वमा हालसम्म २५ लाख ६६ हजार ९ सय संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ८ सय २२ जना पुगेको छ ।

संक्रमणबाट क्षतिकाे थप विवरण यहाँ छ ।