धरान । अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजारको हाराहारीमा पुग्न थालेको छ ।

वल्र्डडोमिटरका अनुसार ४० हजार ५५३ जनाको मृत्यु भइसकेको छ । यो तथ्याङ्क नेपाली समयअनुसार ६ः५२ बजेको हो । संक्रमितको संख्या साढे ७ लाख नाघेको छ । ७ लाख ६३ हजार ८३२ जना संक्रमित भएको वल्र्डडोमिटरले उल्लेख गरेकोछ । जसमध्ये अमेरिकाको न्यूयोर्क शहरमा सबैभन्दा बढी प्रभावित बनेको बताइएको छ । न्यूयोर्कमा मृत्यु हुनेमध्ये कुल संख्याको १४ हजार ५ सय रहेका छन् ।

तर, न्यूयोर्कका गभर्नर एन्ड्यु कोउमोले आफ्नो राज्यमा संक्रमण दर क्रमिक रूपमा कम हुँदै गएको दाबी गरेका छन् । उनले आक्रामक रूपमा राज्यले एण्टीबडी परीक्षण गर्ने बताएका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरससँग जुध्नका लागि अमेरिका सक्षम रहेको दाबी गरिरहेको बेला मृत्युको दर भने हरेक दिन बढिरहेको छ । संक्रमित र मृत्यु हुने संख्या अन्य देशको तुलनामा सबैभन्दा बढी अमेरिकामा छ ।

विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट २४ लाख ६ हजार ८२३ जनालाई संक्रमण भएको छ । एक लाख ६५ हजार ५४ जनाको मृत्यु भइसकेको छ । अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटालीमा रहेको छ । त्यहाँ २३ हजार ६६० जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा संक्रमितको संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ ।

युरोप महादेशको आँकडालाई आधार मान्ने हो भने सबैभन्दा बढी प्रभावित युरोप नै रहेको छ । त्यसपछि अमेरिका रहेको छ । युरोपमा दोस्रो सबैभन्दा बढी प्रभावित स्पेन रहेको छ । जहाँ २० हजार ४५३ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख ९८ हजार ६७४ जना संक्रमित रहेका छन् ।

पूर्ण विवरण यहाँ