उर्लाबारी । उदयपुरको भुल्के मस्जिदमा शुक्रबार १२ जना कोरोना संक्रमित भएको पाए पछि उर्लाबारीका मस्जिदमा पनि अनुगमन गरीएको छ ।
नगर प्रमुख खड्ग फागोले उदयपुर घट्ना लगतै नगरमा भएका मस्जिदहरुको अवस्थाका बारेमा नियमन गर्न समन्धित वडालाई निर्देशन दिए पछि नियमनसँगै कडाई गरीएको हो ।
मुस्लीम समुदायहरुको आस्थाको केन्द्रको रुपमा उर्लाबारी नगरपालिकाको वडा नं.–७ मा रहेको एक मात्र मस्जिदमा एक महिना अघि देखि हाल सम्म आउने स्थानिय र अन्य देशका नागरिकहरुको तथ्याङक हेर्ने कार्य गरीएको वडाध्यक्ष बिरबल थापाले बताउदै विगत एक महिना अघिदेखि दैनिक गरीने सवै गतिविधी शुन्य रहेको बताएका छन ।
यसैगरी ईलाका प्रहरी कार्यालय उर्लाबारीले पनि लकडाउनको अवधि देखि मस्जिदसँगै नगर भित्र भारत सहित अन्य देशबाट आउने नागरिकहरुलाई केहीलाई टाडीको क्यारेनटाईनमा र अन्यलाई घरकै क्ववारेन्टाइनमा राखिएको जनाएको छ ।