ताप्लेजुङ / चैत यता भारतसहित तेश्रो मुलकबाट ताप्लेजुङ आएकाहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटबाट कोरोना परिक्षण भैरहेको छ । शनिवारसम्म ६१ जनाको परिक्षण गरिसकिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक घनेन्द्र मादेनले जानकारी दिए ।
संयोजक मादेनका अनुसार शनिवार सिदिंवा गाउँपालिकामा ११ जनाको परीक्षण गरिएको हो । बैशाख ३ गतेबाट परीक्षण सुरु भएकोमा हालसम्म ६१ जनाको आरडिटी गरिएको छ । फुङलिङ नगरपालिकामा २५ जना, मेरिङदेन गाउँपालिकामा १५, पाथीभरा याङवरक गाउँपालिकामा ६ जना, फक्ताङलुङ गाउँपालिकामा ४ र सिदिंवा गाउँपालिकामा ११ जनाको परिक्षण सकिएको छ । सिरिजंगा, मैवाखोला, मिक्वाखोला र आठराई त्रिवेणी गाउँपालिकामा परिक्षणको तयारी भैरहेको मादेनले बताए ।