धरान  / संघीय सरकारले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुलाई प्रदेश २ को राजधानी जनकपुर अस्पतालमा सेवाका लागि पठाउन पत्रचार गरेको छ ।
प्रदेश २ मा कोरोना संक्रमणको उपचारका लागि चिकित्सक अभाव भएको भन्दैं छात्रवृतिमा पिजी अध्ययन गदैं गरेका डा्रक्टरलाई पठाउन पत्रकार गरेको हो ।
ठूलो जनशक्ति र विशेषज्ञ चिकित्सक भएको प्रतिष्ठानमा एमविविएस सकेर छात्रवृत्तिमा २३ जना चिकित्सक अध्ययनरत भएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिए ।
उनले संघीय सरकारको स्वास्थ्य मन्त्रालयले बठाएको पत्र गत बुधबार प्राप्त भएको बताए । ‘हामी यस विषयमा छलफल गरिरहेका छौं । ठूलो जनशक्ति भएको प्रतिष्ठानसँग संघीय सरकारले सहयोग मागेको छ ।’–प्राडा साहले भने–‘हामी पनि छुट्टै कोरोना अस्पताल चलाउने तयारीमा छौं । छलफल गरेर निर्णयमा पु्ग्छौं ।’