धरान । भारतले बिहीबारदेखि र्यापिड डाइग्नोष्टिक टेष्ट किट चीनबाट आपूर्ति थालेको छ ।

कोरोनाभाइरसको जाँचका लागि उत्तम विकल्प मानिएको उक्त किट ल्याउन थालिएको हो । आईसीएमआरका वैज्ञानिक डा. गंगा खेडकरले चीनका दुई कम्पनीबाट पाँच लाख किट आइपुग्न लागेको जनाए । उनले चीनमा आएका किट भारत सरकारले तोकेको कोरोनाभाइरसको ‘हटस्पट’ क्षेत्रमा जाँच गरिने छ ।

भारत सरकारले १० जनाभन्दा बढी कोरोनाको संक्रमित भएको क्षेत्रलाई हटस्पट क्षेत्रको रूपमा तोकेको छ । पछिल्लो समय भने ३ जना संक्रमित भएको क्षेत्रलाई पनि हटस्पट क्षेत्रको रूपमा परिभाषित गर्न थालिएको छ । किनकि भारतमा पनि संक्रमितको संख्या १३ हजार ७२५ पुगिसकेको छ । नयाँ थपिएको संक्रमितको संख्या ६२ रहेको छ ।

वैज्ञानिक डा. खेडकरले चीनबाट आएका यी किटहरू कोरोना संक्रमितको आशंकाको आधारमा मात्रै प्रयोग नगरिने बताए । उनका अनुसार कम्तीमा पनि १४ दिन पुराना भइसकेका संक्रमितलाई पुनः जाँचका लागि परीक्षण गरिने भएको छ । भारतमा हालससम्म २ लाख ९० हजार ४०१ ज्नाको परीक्षण गरिसकिएको छ ।