धरान । ब्राजिलका स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरिएको छ । राष्ट्रपति जायर बोलसोनारेले कोरोना भाइरस संक्रमणको रोकथामका विषयमा वादविवाद भएपछि स्वास्थ्यमन्त्री लुइज हैनरिक मनडेटालाई बर्खास्त गरेका हुन् ।
गत आइतबार स्वास्थ्यमन्त्रीले एक अन्तरवार्ता दिँदै कोरोनाभाइरसका विरुद्ध एक जुट भएर लड्न सरकारलाई आग्रह गरेका थिए । उक्त भनाइप्रति राष्ट्रपति बोलसोनारेले आपत्ति प्रकट गरेका थिए । राष्ट्रपति बोलसोनारेले जनतामा त्रास सिर्जना नगरी कोरोना संक्रमणविरुद्ध लड्नुपर्ने बताउँदै आएका थिए ।
राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेको विषयमा भने ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् । यसकुरालाई बीबीसीले उल्लेख गरेको छ ।