एजेन्सी / जापानी प्रधानमन्त्री सिन्जो अबेले बिहीबार एक कार्यक्रमका बीच कोभिड १९ का कारण आगामी मे महिनाको ६ तारिखसम्म लागू हुने गरी संकटकालको घोषणा गरेका छन् ।
‘सो संकटकाल जापानको सात प्रान्तदेखि सबै प्रान्तसम्म बढाउँदै लगिने छ । ’ चिकित्सा विशेषज्ञहरुको विशेष भेलालाई सम्बोधन गर्दै उनले बताएका हुन् ।
गत अप्रिल ७ मा जापानले ४७ वटा प्रान्त मध्य टोकियो र ओसाका लगायत ७ वटा प्रान्तमा १ महिना लामो संकटकालको घोषणा गरेको थियो ।
गत महिनामा संशोधन गरिएको कानून अनुसार उक्त संकटकालमा सम्बन्धित प्रान्तको गभर्नरलाई प्रतिबन्धका मापदण्डहरु जस्तै शिक्षण संस्थाहरु बन्द गर्ने , धेरै आवश्यक नपर्ने ब्यवसायहरु बन्द गर्ने जस्ता अधिकार रहेको बताइएको छ । जापानमा ९००० कोभिढ १९ केस पुगिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री अबेले आफना नागरिकलाई ९३० अमेरिकी डलरको हिसाबले वितरण गर्न मिल्ने गरी आफनो बजेटको समायोजन गर्न सत्ताधारी दललाई आग्रह गरेका छन् ।