मकवानपुर । हेटाैडामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटमा गरीएकाे कोरोना भाइरसको एन्टिबडी परीक्षणमा चारजनाकाे रिपोर्ट पोजिटिभ आएको छ ।
हेटौंडा उपमहानगरपालिका वडानम्बर ४ स्थित वासुदेव सभागृहमा ४० जनामा भएको आरडीटी परिक्षणमा १ महिला र ३ पुरुष गरी ४ जनाकाे रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाले जनाएकाे छ ।
उनिहरू मध्याे २ पुरूष जना भारतबाट फर्कीएका र १ जना साउदी अरबबाट फर्किएका रहेका छन्र भने, महिला भने भारत बिहार घर भइ हाल हेटौंडा–४ आफ्न्तमा बस्दै आएकाे खुलेकाे छ ।
उनीहरुलाई पीसीआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ। उक्त स्वाब हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको ल्याबमा परीक्षण हुनेछ।
त्यस्तै, आरडीटी टेष्टमा कोरोना पोजेटिभ आएका झापाका युवाको पिसिआर परीक्षणमा काेराेना संक्रमण नभएकाे खुलेकाे छ। विराटनगर स्थित कोशी अस्पतालमा भएकाे पिसिआर परीक्षणमा ती युवामा काेराेना संक्रमण नदेखीएकाे हाे।