खाँदबारी । केही दिनदेखि ज्वरो आएर बिरामी भएका अरुण तेश्रोमा काम गर्ने तीन जनालाई खाँदबारी अस्पताल ल्याइएको छ ।

अरुण तेश्रोको पावर हाउस निर्माण क्षेत्र पुखुवाको केराबारीमा काम गर्दै आएका तीन जनामा कोरोना भाइरसको आशांकामा खाँदबारी अस्पताल ल्याइएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिए ।

२५, १९ र २८ बर्षका उनीहरु पश्चिम नेपालका नागरिकहरु हुन् । उनीहरुले पटेल कम्पनी मार्फत काम गरिरहेका थिए । उनीहरुलाई गाउँपालिकाको एम्बुलेन्सबाट अस्पताल पठाईएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । उनीहरु खाँदबारी अस्पताल आईपुगे लगत्तै ¥यापिड टेष्ट गरिने तयारी गरिएको छ ।