धरान । कोरोना भाइरसको खोपका सम्बन्धमा विश्वभरि चर्चा चलिरहेकै बेला अमेरिका राष्ट्रपतिले मलेरियाको दबाईसँग एण्टीबायोटिकको मिश्रणबाट खोप तयार हुने दाबी गरे झैं फ्रान्सका राष्ट्रपतिले पनि आफनो वैज्ञानिकबाट सम्भव हुने दाबी गरेका छन् ।
उक्त विवादस्पद उपचारको दाबी फ्रान्सका राष्ट्रपति इमानुएल म्याकरोनले आफनै वैज्ञानिक इन्फेक्सन तथा ट्रपिकल डिजिजका विशेषज्ञ र माइक्रोबायोलोजीका प्रोफेसर डिडिएर रावउल्टमा विश्वास गर्दै गरेका हुन् जसलाई विश्वका कुनै पनि वैज्ञानिकले हालसम्म उचित ठहर्याएका छैनन् । रावउल्टको पहलमा सो परिक्षण चाँडो भन्दा चाँडो पूरा हुने हुने विश्वास राष्ट्रपति म्याकरोनले गरेका छन् ।
दक्षिणी फ्रान्सको मार्सेलिया विश्वविद्यालयमा मेडिकल संकायमा अध्ययन गरेका रावउल्ट अफ्रिकी मुलुक डकारको सेनेगलमा जन्मिएका र उनलाई २००३ मा सार्सको महामारी फैलिएताका त्यससम्बन्ध अनुसन्धान प्रतिवेदन पेश गर्न फ्रेन्च सरकारले जिम्मा दिएको थियो । पछि उनलाई विज्ञान क्षेत्रको सर्वोत्कृट पुरस्कार इन्सर्मले पुरस्कृत गरिएको थियो । राष्ट्रपतिले आफू उनीसँग विश्वस्त रहेको बताएका छन् ।
उनले पनि उक्त खोप मलेरियाको औषधी हाइड्रोसिक्लोरोक्वीन र एजिथ्रोमाइसिन नामक एण्टीबायोटिकको मिश्रणबाट तयार हुने बताएका छन् । हाइड्रोसिक्लोरोक्वीन त्यो मलेरियाको औषधी हो जसका लागि अमेरिकाले भारतलाई आपूर्ति गर्नका लागि अप्रत्यक्ष रुपले धम्की पनि दिनु परेको थियो र केही दिन अघि भारतले अमेरिका लैजान स्वीकृति दिएको थियो ।
तर ब्राजिलमा कोभिड १९ का संक्रमितलाई प्रयोग गरिपछि मुटुको धड्कनमा समस्या आएको कारणले सो औषधी हाइड्रोसिक्लोरोक्वीनमलाई यसै हप्तादेखि त्यहाँको सरकारले बन्देज लगाएको छ । सान्स फ्रन्टियर्सका पूर्व अध्यक्ष समेत रहेका ट्रपिकल डिजिज एण्ड इपिडेमिलोजीका विशेषज्ञ रोनी ब्राउमेनले डिडिलर रावउलटको यो संमिश्रणलाई चमत्कार देखाउने कुरा स्वास्थ्य विशेषज्ञले भन्दा पनि भाग्यवादीले भन्ने कुरा हो भनेर उल्लेख गरेका छन् ।
२४ जना, ८० जना र १०६१ जना संक्रमित गर्री तीनवटासम्म परिक्षण गरेका रावउल्टले ९७३ निको भएको भनेर राष्ट्रपतिलाई प्रस्तुत गरेको भएता पनि रावउल्टको परिक्षणको नतिजा बिना अर्थको भएको जाभियर लेसक्योर लगायतका विशेषज्ञहरुले टिप्पणी गरेका छन् ।
तर रावउल्टको प्रंशसा भने फ्रान्सको राजनीतिक वृत्तभर भइरहेको छ । रावउल्टको सो अनुसन्धानलाई ट्रम्पले ‘ औषधीको इतिहासमा सबैभन्दा ठूलो गेम चेन्जर’ भनी टिप्पणी गरेका छन् ।