धरान / कोरोना भाइरसकाकारण अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । विहीाबर विहानसम्म २८ हजार ५२९ जनाले ज्यान गुमाएका छन् ।
जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्क अनुसार अमेरिकामा मात्रै ६ लाख ४४ हजार ८९ जनामा संक्रमण फैलिएको छ । हालसम्म ४८ हजार ७०१ जना निको भएर घर फर्केका छन् ।
अहिले अमेरिका र युरोप महामारीबाट धेरै प्रभावित भएका छन्। स्पेनमा एकलाख ८० हजारभन्दा बढि संक्रमित छन् । भने हालसम्म १८ हजार ८१२ जनाले ज्यान गुमाएका छन् । इटालीमा मृत्यु हुनेको संख्या २१ हजार ६ सयभन्दा माथि पुगेको छ । एक लाख ६५ हजार भन्दा बढि संक्रमित छन् । इटाली पछि फ्रान्स र युकेमा मृत्यु हुनेको संख्या बढ्दो छ । फ्रान्समा १७ हजार १६७ जनाले ज्यान गुमाएका छन् । हालसम्म १ लाख ४७ हजार भन्दामाथि संक्रमित छन् । युकेमा १२ हजार ८६७ जनाले ज्यान गुमाएका छन् । ९८ हजार ४७६ जना संक्रमित देखिएका छन् ।
भारतमा ४२२ जनाको मृत्यु
नेपालसँग सिनामा जोडिएको भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दैं गएको छ । पछिल्लो तथ्याङ्क अनुसार ४ सय २२ जनाले ज्यान गुमाएका छन् । १२ हजार ३७० जनामा संक्रमण देखिएको छ । भारतमा महाराष्ट्र, नयाँदिल्लीमा बढि संक्रमित छन् । यति बेला क्यारेनटाइनमा बसेकाहरुसमेत भारतमा भाग्न थालेको समाचारमा जनाइएको छ ।
हालसम्म विश्वमा एकलाख ३४ हजार ६१० जनाले ज्यान गुमाइसकेका छन् । २८ लाख ३ हजार २३६ जनामा संक्रमण फैलिएको छ ।