ताप्लेजुङ । ताप्लेजुङका विभिन्न स्थानमा निमार्ण गरिएका क्वारेण्टिनमा बसेका व्यक्तिहरुको र्यापिड डाइगोनोस्टिक टेष्ट किट (आरडीटी) मार्फत कोरोना भाइरस परीक्षण सुरु गरिएको छ ।

प्रदेश १ सरकारमार्फत ताप्लेजुङमा किट आइपुगेपछि स्वास्थ्यकर्मीको टोलीले परीक्षण थालेको हो । जस अन्र्तगत बुधवार जिल्ला अस्पतालका २५ जनाको परिक्षण गरिएको छ । उनिहरु सवैको नतिजा नेगेटिभ आएको निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार विहिबार मेरिङ्देन गाउँपालिकाले निमार्ण गरेको क्वारेण्टिनमा बसेकाहरुको परिक्षण गरिनेछ । लकडाउनको समयमा बाहिरबाट आएका र बाहिरी मानिसको सम्पर्कपछि क्वारेण्टिनमा बसेकाहरुको स्वास्थ्यकर्मीले परीक्षण गर्नेछन् ।

चैत महिनादेखि यता भारतसहित तेस्रो मुलुकबाट ताप्लेजुङ आएका ६१ जनार्को र्यापीड डाईग्नोस्टिक टेष्ट (आरडीटी) किटबाट परीक्षण गरिने भएको छ । जिल्लाका लागि पहिलो चरणमा १ सय २० थान आरडीटी किट आएको छ । चैत महिना यता भारतसहित तेस्रो मुलुकबाट यहाँ आएका ६३ जना मध्ये २ जनाको स्वाब नै परीक्षण गरेर नतिजा आएकोले अब ६१ जनाको र्यापीड डाईग्नोस्टिक टेष्ट गर्न लागिएको हो ।