यासोक । पाँचथरको कुम्मायक ५ का अग्नी पिडितलाई थाकथाकु माबोहाङ वंश उत्थान संघले राहत बितरण गरेको छ । संघले पिडित परिवारलाई ३१ हजार बराबरको राहत सामाग्री बितरण गरेको हो । कुम्मायक ५ स्थीत तेलासेबुङका अग्नी पीडित बुद्धबल चेम्जोङको परिवारलाई ३१ हजार नगद सामाग्री संघका केन्द्रिय सदस्य गणेश चेम्जोङले बितरण गरेका छन ।
आगलागीका कारण दश लाख बढिको क्षति भएको पिडित परिवारलाई लक डाउनको समयमा खाद्यन्य संकट टार्न राहत बितरण गरिएको चेम्जोङको भनाइ छ । सोही क्रममा कुम्मायक १ मा रहेको न्यु गोसपल चर्च यासोकले नगद ५ हजार रकम हस्तान्तरण गरेको छ । चर्चका तेजेन्द्र चेम्जोङले पिडित परिवारलाई नगद रकम प्रदान गरेको चर्चले जनाएको छ ।
त्यसै गरी सृजनाहाङ युवा सास्कृतिक क्लबले ३ हजार २५ रुपैयाँ बराबरको खाद्यन्य बितरण गरेको छ । यसै गरी माबोहाङ युवा क्लव कुम्मायक ५ ले पनि १ हजार ७ सय रुपैयाँ राहत बितरण गरेको छ ।
चैत्र २० गते चेम्जोङका दुई वटा घरमा भएको आगलागीबाट लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको थियो ।
पिडित परिवारलाई गाउँपालिका, वडा, रेडक्रश र बिभिन्न संघ सस्थाले सहयोग गर्दै आएका छन ।
































