ब्लाष्टखबर । र्यापिड टेष्टमा कोरोना संक्रमण देखाएका सप्तरीका २ जनाको पिसिआर परीक्षणमा संक्रमण नभएको (नेगेटिभ) रिपाेर्ट अाएकाे छ । 

मंगलबार दिल्लीबाट फर्किएका ७ जना मध्ये २ जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखाएकाे थियाे । अन्तिम परीक्षणको रूपमा पिसिआर परीक्षणका लागि मंगलबार नै उनीहरुको नमूना स्वाब बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान ल्याइएको थियो ।

प्रतिष्ठानको ल्याबमा भएको परीक्षणको रिपोर्ट बुधबार आएसँगै उनीहरूमा कोरोना संक्रमण नदेखिएकाे हो । र्यापिड टेष्टमा कोरोना संक्रमण देखिएपछि सप्तरीका हिजो साँझ देखिनै तिलाठी कोइलाडी गाउँपालिकाको १ नम्बर वडा र खडक नगरपालिकाको वडा नम्बर ११ को जाजर गाउँ शिल गरिएको छ।