उदयपुर । उदयपुरमा रुखबाट लडेर जितबहादुर मगरको मृत्यु भएको छ । बेलका नगरपालिका–२ निबासी ४९ बर्षीय मगरको रूखबाट लडेर मृत्यु भएको हो ।
घर नजिकै रहेको कुसुमको रूखमा चढेर घाँस झार्ने क्रममा सोमवार दिउँसो साँढे १ बजे एक्कासी रूखबाट लडेर घाईते भएको थियो । घाईते मगरलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।
































