धरान । चार दिनअघि सब्जीको गाडीमा धरान आएका भारतीय नागरिकको स्वाब रिपोर्ट कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

केही दिनदेखि ज्वरो, झाडापखाला चलिरहेका उनलाई सोमबार धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगेका थिए । ती भारतीय नागरिकको सोमबार नै स्वाब संकलन गरिएको थियो । आज रिपोर्ट आएको छ । रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि भएको बीपी प्रतिष्ठानले जनाएको छ ।

ज्वरोलगायत आएका कारण जानकारी नदिई नै बसेका कारण धराने नागरिक त्रसित बनेका थिए । उनी धरान–१५ मा बस्दै आएका थिए । उनको भाइले धरान–१३ कृषि उपज बजार स्थलमा सब्जी व्यापार गर्दै आएका थिए । उनी भारतबाट आएका कारण कोरोनाको संक्रमणको आशंका गरिएको थियो ।