ब्लाष्टखबर । अष्ट्रेलियामा रहका इटहरी उपमहानगरपालिका १ का विद्यार्थी कर्म तमाङले आफ्नो खाजा खर्च कटएर उपमहनगरको प्रकोप व्यापस्थापन कोषमा ५१ हजार प्रदान गरेका छन् ।
कोरोना भाइसको विश्वव्यापी महामारीलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषण गरेपछि, गरिब विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई खाद्यन्न वितरणकालागी उनले सो रकमा प्रदान गरेका हुन् ।
क्यानबेरा एनआरएनका युथ कोर्डीनेटर समेत रहका लामाले विदेशमा रहेरपनि मातृभुमीमा परेको हरेक दुखमा भावनात्मक सम्वन्ध रहने बताउदै नेपालमा जसनसुकै अवस्थामा पनि कोहिपनी भोृकै बस्नु नपरोस भन्ने उदेश्यका साथ सो रकमा विपन्नहरुलाई रहत वितरण गर्दै आएको उपमहानगरको प्रकोप व्यावस्थापन कोषलाई प्रदान गरेको बताएका छन् ।
उक्त रकम चेक मार्फत पूर्व लामा होटलका संञ्चालक बुवा नारायण तामाङले उपमहनागरकी उपमेयर लक्ष्मी गौतमलाई प्रदान गरेका थिए । चेक हस्तान्तरण पछि उपमेयर गौतमले तामाङलाई उपमहानगरको तर्फबाट धन्यवाद प्रदान गरीकी थिइन् ।
































