काठमाडौं  / सुदुरपश्चिम प्रदेशमा पछिल्लो सहित ५ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ वीरगञ्ज हुँदै कैलाली पुगेकी एक ६५ वर्षीय महिला र रौतहट जिल्लामा क्वारन्टीनमा रहेका एक १९ वर्षीय युवकमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि नेपालमा कुल १४ जनामा कोभिड १९ देखिएको छ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले दुवैको उपचार प्रकिया अघि बढाइएको जानकारी दिए। उनले दुवै सङ्क्रमणसँग जोडिएका ुकन्ट्याक्ट ट्रेसिङु अघि बढाइएको जानकारी दिए। त्यसअघि वीरगञ्जबाट आएकी एक महिलामा गरिएको नमुना परीक्षणमा कोभिड(१९ को सङ्क्रमण देखिएपछि उनको स्वास्थ्य उपचार थालिएको सेती प्रादेशिक अस्पतालले जनाएको थियो।

अस्पतालका वरिष्ठ इमर्जेन्सी विशेषज्ञ तथा प्रवक्ता डाक्टर जगदिश जोशीले कैलालीको लम्कीमा १२ दिन क्वारन्टीनमा बिताएर घर गएकी ती महिला अस्पताल भर्ना भएको जानकारी दिए। उनका अनुसार स्वाब परीक्षणको नतिजाले कोभिड १९ पोजेटिभ देखाएको थियो। यो सँगै उक्त प्रदेशमा कोभिड १९ को पाँच वटा सङ्क्रमण देखा परेका छन्।

कैलालीमा ती महिलासँगै आएका मानिसहरूको सम्पर्कमा पुगेका र भारतबाट नेपाल भित्रिएका गरि करिब ४०० जनाको परीक्षण र नमुना सङ्कलन भइरहेको एक जना स्थानीय अधिकारीले बताएका छन्। कैलालीको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेब बजगाईँले बीरगञ्जबाट लम्की आएका १८ जनाको पीसीआर विधिबाट गरिएको जाँचमा १ जना वृद्धामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जानकारी दिए।

उनले भने, ‘उहाँसँगै आएका १७ जनाको पीसीआर र र्‍यापिड टेष्ट दुवै विधिबाट जाँच गरेका थियौँ। र्‍यापिड जाँचको विधिबाट सङ्क्रमण नदेखिएपछि क्वारन्टीनस्थलबाट घर पठाइएको थियो। तर अहिले पीसीआर विधिको जाँचबाट एक जनामा सङ्क्रमण देखिएपछि उहाँहरू र उहाँसँग सम्पर्कमा आएका गरी करिब ४० जनालाई क्वारन्टीनमा राखेका छौँ।’
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोसमयमा १०३ तीन जनामा लक्ष्यण देखिएकोछ । उनीहरुलाई निगरानीमा राखिएको छ । उनीहरुलाईआइसोलेसनमा राखीथप उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।