लक्ष्मीमार्ग/बेलबारी नगरपालिकाले आजदेखी कोरोना भाइरसको परिक्षण सुरु गरेको छ । देशैभरी स्वास्थ्य सामाग्रि अभावभइरहेका बेला बेलबारीले भने द्रुत निर्धारण परिक्षण प्रयोग गरेर कोरोना भाइरसको उपचार गर्न थालेको छ । 
 
परिक्षणका लागि चाहिने आवश्वयक केहि स्वास्थ्य सामाग्रिहरु नगरपालिकाले खरिद गरेको छ भने केहि सामाग्रि दाताहरुको सहयोगवाट प्राप्त भएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । नेपाल भन्दा बाह्य देश बाट आएका ब्याक्ति तथा संकाशपद ब्यात्तीहरुको परिक्षण गरीने मेयर सुवेदीले बताए । 
 
द्रुत निर्धारण परिक्षण पद्धती वाट १५ मिनेटमा नै नतिजा आउने नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।
 
यसैगरी राष्ट्रिय युवासघ नेपाल मोरङले स्याम्पल कलेक्सन बुथ प्रदान गरेको छ । नेपाल इन्जिनियर्स एसोसिएसन इटहरी च्यापटरको प्राविधिक सहयोगमा उक्त बुथ प्रदान गरीएको युवासंघ मोरङका संयोजक नविन पौडेलले बताए ।