पाँचथर /पाँचथरको कुम्मायक गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका कोरना संकास्पद १७ जनाको परिक्षण निगेटिभ आएको छ ।

सोमबार प्रदेश १ सरकारको सामाजीक बिकाश मन्त्रालयको स्वास्थ्य परिक्षण टोलिले गरेको परिक्षणबाट रिपोट निगेटिभ आएको हो । बैदेशिक रोजगारीको क्रममा कतार, दुबई, भारत र कामको शिलशिलामा बिभिन्न जिल्ला पुगेर फर्किएका १३ जना र अन्य थप ४ गरी १७ जनाको रिपोट निगेटिभ आएको हो । गाउँपालिकाले कोरना संकास्पद १३ जनालाई क्वारेन्टाइनमा राखेको थियो । उनिहरु सबैको रिपोट निगेटिभ आएपछि सबैलाई घरको होम क्वारेन्टाइनमा पठाइएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले जानकारी दिए ।

चैत्र ३० गते देखि फाल्गुनन्द गाउँपालिकाको राँके देखि सुरु गरेको परिक्षणमा सबै रिपोट निगेटिभ आएको सामाजिक बिकाश मन्त्रालयका ल्याव टेक्निसियन नविन खड्काले बताए । कोरना संकास्पद सबैको रिपोट निगेटिभ आएपछि एक हप्तासम्म होम क्वारेन्टाइनमा बस्न निर्दैशन दिएको खड्काको भनाइ छ । टोलिले फाल्गुनन्द गाउँपालिकाका ८ जना, मिक्लाजुङका २३, तुम्बेवाका १५ जना र कुम्मायक गाउँपालिकाका १७ जना गरी ६३ जनाको परिक्षण गर्दा रिपोट निगेटिभ आएको जनाएको छ । रिपोट निगेटिभ आएपनि सबैले उच्च सावधानी अपनाउँनु पर्ने स्वास्थ्य टोलिको निष्र्कष छ ।