उर्लाबारी/नगरका दुई स्थान उर्लाबारी र मंगलबारेमा सोमबार आयोजित रक्तदान कार्यक्रममा लक डाउनको समेत प्रभाव नगरी सामाजीक दुरी कायम गर्दै स्वत स्फुर्त मानविय सेवामा २ सय ३७ ले रक्तदान गरेका छन ।
नेपाल रेडक्रस सोसाईटी उर्लाबारी र उर्लाबारी सहकारी सञ्जालको संयुक्त आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा उर्लाबारीमा १ सय ४७ जना र मंगलबारेमा ९० जनाले रक्तदान गरेका सहकारी सञ्जालकी अध्यक्ष सिता कार्कीले बताएकी छन ।
लक डाउनको समयमा रगत अभाव भएकाले ब्लड् बैक उर्लाबारीको प्राविधीक सहयोगमा भएको रेडक्रस सभापति मदनबाबु प्रसाईले बताउँदै रक्तदान कार्यक्रममा उर्लाबारी नगरीमा सर्वाधिक रगत संकलन भएको दावी गर्दै गरेका छन । यस अघि फागुन ७ गते नेपाल तरुण दल नगर समिति उर्लाबारीले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका थिए ।
































