धरान । धरान उपमहानगरले ‘सडक मानव’ हरूलाई लाङ्घाली सामुदायिक वनको आवास गृहमा पु¥याइएको छ ।

धरान उपमहानगरले सडकमा बस्दै आएका मानवहरूलाई वनको आवास गृहमा पु¥याइएको हो । धरान उपमहानगरका उपप्रमुख मञ्जु भण्डारी सुवेदीका अनुसार सडकमा बस्दै आएका ४४ जनालाई लाङ्घाली सामुदायिक वनको आवास गृहमा पु¥याइएको हो । लकडाउनका बेला जथाभावी बस्दै आएका उनीहरूलाई नगरपालिकाले नै आवास गृहमा पु¥याएको हो । ‘अझै केही मान्छेहरू छन् भन्ने कुरा आएको छ, उनीहरूको पनि खोजी गरिरहेका छौं’ उनले भने, ‘उनीहरूको पनि खोजी गरेर सबैलाई आवास गृहमै पु¥याउँछौं ।’

धरान उपमहानगरले दुई दिन अघि आवास गृहमा राख्ने व्यवस्था गरेको थियो । लाङ्घाली सामुदायिक वनसँगको सहकार्यमा आवास गृहमा राख्ने व्यवस्था गरिएको हो । नेपालमा चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ । लकडाउनका कारण अहिले जथाभावी बस्न नदिने सरकारको निर्णयअनुरूप नै आवास गृहमा पु¥याइएको हो । नेपालमा पनि कोरोनाको प्रभाव पछिल्लो समय देखिन थालेको छ । हालसम्म १४ जना कोरोनाबाट संक्रमित भइसकेका छन् भने त्यसमध्ये एक जना बिरामी उपचारपछि घर फर्किएका छन् ।