धरान / जनता क्यामपस इटहरीमा इटहरी उपमहानगरले निर्माण गरेको क्वारेण्टाइनमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ जनालाई क्यारेन्टाइनमा बस्न रेफर गरेको छ ।
सुनसरी वर्जुको मस्जिदवाट प्रहरीले नियन्त्रणमा लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परीक्षण गर्न पठाएका ११ जना भारतीय र १ जना नेपालीलाई जनता स्कुलको क्वारेण्टाइनमा राखिएको हो । उनीहरु सवैको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले वताएका छन् । ल्याव टेष्ट नेगेटिम देखिए पछि १४ दिन क्यारेन्टाइनमा बस्न उनीहरुलाई भनिएको छ ।
यसैबिच इटहरी उपमहानगरले जनता बहुमुखी क्याम्पसमा निर्माण गरेको क्वारेन्टाइनलाई लायन्स क्लब अफ इटहरी सुनसरीले वासिङ्गमेसिन प्रदान गरेको छ । लायन्स क्लब इटहरीका अध्यक्ष दिब्यराज कोइरालाले ७० हजार मुल्य बराबरको लुगा धुनेमेसिन उपमेयर लक्ष्मी गौतमलाई हस्तान्तरण गरेका छन् । लायन्स क्लवको यो सहयोग क्वारेण्टाइनका लागि महत्वपूर्ण रहेको उपमेयर गौतमले वताइन । क्वारेन्टाइन पछि सो वासिङ्गमेसिन इटहरी अस्पतालमा प्रयोगमा ल्याइने इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले वताए । जनता क्यामपस इटहरीमा उपमहानगरले सय वेडको सुविधासम्पन्न क्वारेण्टाइन निर्माण गरेको छ । क्वारेण्टाइनमा वाइफाई,टेलिभिजन,सिसी क्यामेरा समेत जडान गरिएको छ ।