विराटनगर / प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई राउण्ड टेवलले आईसीयु वेड हस्तान्तरण गरेको छ । विराटनगर राउण्ड टेवल नम्वर ५ र काठमाण्डौं मेट्रो राउण्ड टेवल नम्वर ४ ले संयुक्त रुपमा २ वटा आइसीयु वेड प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको छ ।
विराटनगर राउण्ड टेवल नं. ५ का अध्यक्ष अश्विनी वंशलले करिव २ लाख वरावरको दुईवटा वेड मन्त्री घिमिरेलाई हस्तान्तरण गरेका हुन ।
आइसीयु वेड ग्रहण गर्दै मन्त्री घिमिरेले विभिन्न अस्पतालबाट वेडहरु ल्याएर सेवा शुरु गरिए पनि अहिले विभिन्न दातृ संस्थाहरुबाट उपचार केन्द्रका लागि सहयोग जुट्दै गएको बताए । अन्य स्वास्थ्य संस्थाहरुबाट ल्याईएका वेडहरु फिर्ता गरिदै लैजाने पनि उनले। आईसीयु वेड हस्तान्तरण कार्यक्रममा लायन्स क्लवका भाईस डिष्ट्रिक गर्भनर रेवतबहादुर कार्की, कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा लगायतको उपस्थित रहेको थियो ।
यस अघि कोभिड १९ उपचार केन्द्रलाई प्रदेश १ का विभिन्न गैरसरकारी संस्थाहरुले १३ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । झापा चारपानेको साहारा नेपालले उपचार केन्द्रमा बस्ने स्वास्थयकर्मी, कर्मचारी, सुरक्षाकर्मी उपचार गराउन आउन सक्ने बिरामीका लागि भनेर चार लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको थियो ।